बोधी टोस्टमास्टर्स काठमाडौंद्वारा भिडियो कन्फ्रेन्स आयोजना

काठमाडौं, २६ साउन । बोधी टोस्टमास्टर्स क्लब काठमाडौंले आफ्नो १००औँ बैठकका अवसरमा भव्य भिडियो कन्फ्रेन्स आयोजना गरेको छ ।

नियमित रूपमा बैठकको आयोजना गरी क्लबमा आवद्धहरूमा नेतृत्वशैली र वक्तृत्व क्षमता वृद्धि गर्दै आएको क्लवले १००औं बैठकलाई भने थप भव्य बनाउँदै सिर्जनात्मक शैलीमा टेवलटपिक गरेको बताएको छ ।

त्यसैगरी अन्य बैठकभन्दा फरक समारोहको आकर्षणमा विभिन्न विधाका व्यक्तित्वहरूले आफ्नो प्रस्तुति दिएका थिए ।

प्रोजेक्ट सारंगीका व्यवस्थापक किरण नेपाली, आर्ट अफ लिभिङका तालीमकर्ता सुवर्ण श्रेष्ठ बस्नेत, उज्यालो फाउन्डेशनका सीईओ अमुदा मीश्र र कोरियोेग्राफर रोहित साउँदको रोमाञ्चक प्रस्तुति दिएका थिए ।

बोधी टोस्टमास्टर्स क्लब विश्वमा भएको १६ हजार ६०० क्लबहरू र नेपालमा भएको लगभग ३० क्लबहरूमध्ये एक हो ।

You may also like...

Popular Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *